च्याउ खोज्न जंगल हिँडेका १४ महिला सम्पर्कविहीन

हिमाल प्रेस ४ साउन २०८३ १०:३३ | Monday, July 20, 2026
6
SHARES
च्याउ खोज्न जंगल हिँडेका १४ महिला सम्पर्कविहीन

कञ्चनपुर– कञ्चनपुरमा च्याउ खोज्न जंगल हिँडेका १४ महिला सम्पर्कविहिन भएका छन्। भीमदत्त नगरपालिका(१९ को बागफाँटाका उनीहरू आइतबारदेखि सम्पर्कविहीन भएका हुन्।

स्थानीयका अनुसार ती महिला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र छिरेका थिए।

च्याउ खोज्न भनेर जंगल पसेका बागफाँटाका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका एसपी नेत्रमणी गिरीका अनुसार नेपाली सेना र प्रहरीले उनीहरूको खोजी रिरहेको छ। तर अझै अवस्था पत्ता लाग्न सकेको छैन।

आइतबार च्याउ टिप्न गएका उनीहरू साँझसम्म पनि घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो। ती महिलाले मोबाइल नबोक्ने खुलेको छ।

प्रकाशित: ४ साउन २०८३ १०:३३ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast