काठमाडौँमा बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

हिमाल प्रेस ३ साउन २०८३ १८:४८ | Sunday, July 19, 2026
12
SHARES
काठमाडौँमा बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह फाइल तस्बिर

काठमाडौँ- काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जलसहतले सतर्कता तह पारे गरेकाले नदी तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विभागका अनुसार गौरीघाटमा बागमती नदीको पानीको सतह दुई दशमलव ४१ मिटर पुगेको छ, जुन नदीको पानीको तह दुई दशमलव एक मिटरमाथि सतर्कता तह हो।

नदीको बहाव बढ्दो क्रममा रहेकाले नदी आसपासका डुबान भइरहने क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीका अनुसार बागमती नदीको पानीको सतह दुई दशमलव सात मिटर पुगेमा खतरा तह पार गरेको मानिन्छ।

‘हाल नदीको बहाव बढिरहेको छ। गौरीघाट क्षेत्रमा बागमती नदीले सतर्कता तह पार गरिसकेको छ। नदी आसपासका डुबान हुने स्थानका बासिन्दाले सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउनुपर्छ,’ उनले भने।

विभागले नदी किनार, डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न, आवश्यक परे सुरक्षित स्थानमा सर्न तथा विभागबाट जारी हुने पछिल्ला बाढी, पहिरोसम्बन्धी सूचना र चेतावनीलाई नियमित रूपमा पालना गर्न पनि आग्रह गरेको छ।

प्रकाशित: ३ साउन २०८३ १८:४८ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast