जंगली च्याउ खाँदा बिरामी परेकी महिलाको मृत्यु

हिमाल प्रेस ३ साउन २०८३ ९:१३ | Sunday, July 19, 2026
10
SHARES
जंगली च्याउ खाँदा बिरामी परेकी महिलाको मृत्यु

दाङ- दाङको तुलसीपुरमा जंगली च्याउ खाँदा बिरामी परेकी एक महिलाको शनिबार बेलुकी मृत्यु भएको छ। तुल्सीपुर उपमहानगरपालिका –३ बल्लेकी ३७ वर्षीया दीपा पुनको थप उपचारका लागि बाँकेको नेपालगञ्ज तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी अधिकारीले जानकारी दिए।

मृतकको शव पोष्टमर्टमका लागि राप्ति प्रादेशिक अस्पताल तुल्सीपुरमा राखिएको छ। असार ३२ गते स्थानीय जंगलबाट खोजेर ल्याएको जंगल च्याउ खाँदा उनीसहित घर परिवारका पाँच जना विरामी परेका थिए। थप चाल जना भने उपचार पछि घर फर्किएका छन्।

मृतक दीपालाई यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै शुक्रबार बेलुकी पख घोराहीको गोल्लीस्थित संजिवनी हस्पिटलमा थप उपचारका लागि पुर्‍याइएको थियो।

उनको अवस्थामा सुधार नआएपछि शनिबार दिउँसो थप उपचारका लागि बाँकेको नेपालगञ्जका रेफर गरिएको थियो।

प्रकाशित: ३ साउन २०८३ ९:१३ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast