पहिरो पन्छाएपछि खुल्यो बीपी राजमार्ग

हिमाल प्रेस ३ साउन २०८३ ८:३६ | Sunday, July 19, 2026
6
SHARES
पहिरो पन्छाएपछि खुल्यो बीपी राजमार्ग बिपी राजमार्ग। फाइल तस्बिर।

काभ्रे- पहिरो पन्छाएपछि बीपी राजमार्गमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ ।

बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा सवारी आवागमन पूर्णरुपमा रोकिएको थियो ।

पहिरो पन्छाएपछि आज बिहान ७:४० बजेदेखि सवारी आवागमन जारी रहेको प्रहरीले जनाएको छ ।

बीपी राजमार्गको रोशी–७ अमलटारी मुनि गएको पहिरो तथा रोशी–९ पिन्थलीबेंशीमा झरेको लेदो हटाएपछि राजमार्गमा गाडी चल्न थालेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए ।

 

 

प्रकाशित: ३ साउन २०८३ ८:३६ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast