एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेललाई क्यान्सर, भारतमा उपचार हुँदै

हिमाल प्रेस ३ साउन २०८३ ७:५२ | Sunday, July 19, 2026
20
SHARES
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेललाई क्यान्सर, भारतमा उपचार हुँदै

काठमाडौँ- नेकपा एमालेका नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर भएको छ । नेता पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रीमती मिरालाई क्यान्सर भएको जानकारी दिएका हुन् ।

नेता पोखरेलले भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा श्रीमतीको क्यान्सरको उपचार भइरहेको जानकारी दिँदै उपचारमा खटिनुपरेकाले देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष रूपमा जोडिन नसकेको बताएका छन् ।

उनले भनेका छन्, ‘भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा श्रीमती मिरा पोखरेल (ध्वोजु) क्यान्सरको उपचारमा रहनुपरेको र म स्वयम् पनि त्यस कार्यमा प्रत्यक्ष जोडिनु परेका कारण यसबिच देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष जोडिन नसकेको सबैमा जानकारी गराउन चाहन्छु । उपचारको क्रम अझै जारी रहने भएका कारण मेरो उपस्थिति र गतिविधि अझै प्रभावित रहने कुरा पनि जानकारी गराउँछु ।’

उनले श्रीमतीप्रति स्वास्थ्य लाभको कामना गर्दै विभिन्न माध्यमबाट सम्पर्क गर्ने र प्रतिकूलतामा पनि प्रत्यक्ष भेट्न आउने साथीहरू तथा आफन्तजनप्रति आभार व्यक्त गरेका छन् । मिरा संविधानसभा सदस्य पनि हुन् ।

प्रकाशित: ३ साउन २०८३ ७:५२ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast