एमाले नेता पौडेलसँग २० करोड ९० लाख बिगो माग

हिमाल प्रेस १ साउन २०८३ ५:४० | Friday, July 17, 2026
14
SHARES
एमाले नेता पौडेलसँग २० करोड ९० लाख बिगो माग

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार पौडेलसहित ६ जना र १० वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो।

व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा पूर्वअर्थमन्त्री पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विशेष अदालतको सूचनामा उल्लेख छ।

पूर्वअर्थमन्त्री पौडेलमाथि रु २० करोड ९० लाख बिगो मागदाबी गरिएको छ। विभागले उनको बैंक खातामा रहेको रु ६ लाख ३४ हजार जफत गर्नसमेत माग दाबी गरेको छ।

प्रकाशित: १ साउन २०८३ ५:४० | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast