रूपन्देहीमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु, ७ घाइते

हिमाल प्रेस ३२ असार २०८३ १३:५५ | Thursday, July 16, 2026
4
SHARES
रूपन्देहीमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु, ७ घाइते तस्बिर एआई निर्मित

काठमाडौँ– रूपन्देहीमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको भने सात जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार ओमसतिया गाउँपालिका–०२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट बुटवलतर्फ जाँदै गर्दा माइक्रो पल्टिँखा दुर्घटनामा जिल्ला रुपन्देही बुटवल उउपमहानगरपालिका -०३ बस्ने ३० वर्षीय माइक्रोबसका सहचालक सन्दीप बरालको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा उनी गम्भीर घाइते थिए। उपचारका क्रममा भिम अस्पताल भैरहवामा उनको मृत्यु भएको छ ।

लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीको भनाइ छ। दुर्घटनामा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका -०८ बस्ने ५० वर्षीया कृष्णकुमारी बेलबासे, सोही ठेगाना बस्ने ३४ वर्षीया श्रद्धा जोशी, जिल्ला कपिलबस्तु शिवराज नगरपालिका -०२ बस्ने १९ वर्षीय प्रकाश गाहा, जिल्ला पाल्पा रिब्दीकोट गाउँपालिका -०६ बस्ने ३८ वर्षीय सुनिल थापा, जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका -०३ दरखसवा बस्ने २६ वर्षीय कुलदीप गुप्ता, जिल्ला रुपन्देही मर्चवारी गाउँपालिका -०७ वडवलिया बस्ने ५५ वर्षीया शाहाबुन निसा र जिल्ला नवलपरासी सुनवल नगरपालिका -०६ बस्ने ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएका छन्।
घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि सिटी अस्पताल भैरहवा र हेमीसरा खाम्चालाई क्रिमसन अस्पताल मणिग्राम पठाइएको छ ।

अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ ।
दुर्घटनापछि फरार भएका चालक जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका–०६ गणेशपुर बस्ने ४६ वर्षीय छबिलाल थापालाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित: ३२ असार २०८३ १३:५५ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast