जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह

हिमाल प्रेस ३१ असार २०८३ १९:२३ | Wednesday, July 15, 2026
6
SHARES
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह सभामुख डोलेन्द्रप्रसाद अर्याल

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले संसद् र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने विचार व्यक्त गर्दै जनतासँग निरन्तर संवाद गर्न सांसदहरूसँग आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको अन्त्यमा उनले संसद् लोकतन्त्रको केन्द्रबिन्दु भएकाले जनतासँग निकटाता बढाउँदै उनीहरूका आवाज सदनमार्फत अभिव्यक्त हुनुपर्ने बताए।

‘प्रतिनिधिसभाका सदस्यहरू जनप्रतिनिधिसँगै जनता र संसद्बीच विश्वास, संवाद र उत्तरदायित्व जोड्ने लोकतान्त्रिक सेतु पनि हुन्। जनताका आवाज, आकांक्षा र अपेक्षालाई संसदको निर्णय प्रक्रियासम्म पुर्‍याउने र संसदका निर्णयलाई पुनः जनतामाझ स्थापित गर्ने दुईतर्फी दायित्व नै जनप्रतिनिधित्वको सार हो,’ सभामुख अर्यालले भने, ‘जनताबीच निरन्तर पुग्नु, जनतासँग संवाद गर्नु र जनमतलाई संसदीय प्रक्रियामा प्रतिबिम्बित गर्नु प्रत्येक माननीय सदस्यको आधारभूत संसदीय जिम्मेवारी हो।’

प्रतिनिधिसभाको बैठक अगामी साउन १४ गते बस्ने जानकारी दिँदै सभामुखले यसबीचमा जारी भएका राज्यका नीति तथा सम्पादन भएका कार्यक्रम, तर्जुमा गरिएका कानून र सेवा प्रवाहप्रति जनस्तरको प्रतिक्रिया, चासो र सुझाबहरु सुन्ने र बुझ्ने प्राथमिक दायित्व सांसदहरुको हुने बताए।

प्रकाशित: ३१ असार २०८३ १९:२३ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast