काठमाडौँ– सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
छिटाहाबाट औराबनी तर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प ४५५० नम्बरको मोटरसाइकल गएराति सवा ११ बजे अनियन्त्रित भई सडकबाट नहरमा खस्दा सप्तरीको तिरहुत गाउँपालिका ३ बस्ने २५ वर्षीय शिवम यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी गाउँपालिका ४ बस्ने २३ वर्षीय दीपक कुमार यादव घाइते छन् । उनको कोशी अस्पताल विराटनगरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: ३१ असार २०८३ ८:३४ | Wednesday, July 15, 2026
प्रतिक्रिया



