कोशीमा बढ्यो बहाव, खोलिए २० ढोका

हिमाल प्रेस ३० असार २०८३ ६:१६ | Tuesday, July 14, 2026
12
SHARES
कोशीमा बढ्यो बहाव, खोलिए २० ढोका सुनसरीको कोशी गाउँपालिकास्थित सप्तकोशी नदीमा रहेको कोशी ब्यारेज। पूर्वपश्चिम राजमार्गमा पर्ने यो ब्यारेजले कोशी र मधेश प्रदेशलाई जोड्दछ। तस्बिर : नवीन गड्तौला/रासस

सुनसरी– पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ ।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

कोशी नदीमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ५२ वटा मूल र दुई वटा नहरको गरी ५६ वटा ढोकामध्ये २० वटा ढोका खुला गरिएको उनले जानकारी दिए ।

पानीको बहाव बढ्दो क्रममा रहेकाले खतराको सङ्केतस्वरुप कोसी ब्यरेजमा रातो बत्ती बालिएको छ । खतराको सङ्केतस्वरुप रातो झण्डा फहराइएको कोशी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ ।

प्रकाशित: ३० असार २०८३ ६:१६ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast