पति–पत्नीलाई गोली हानी डकैती गर्ने तीन जना पक्राउ

हिमाल प्रेस २९ असार २०८३ १९:३८ | Monday, July 13, 2026
14
SHARES
पति–पत्नीलाई गोली हानी डकैती गर्ने तीन जना पक्राउ

काठमाडौँ- महोत्तरीको सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते पतिपत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ का २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक र गौशाला नगरपालिका–५ का क्रिशकुमार मेस्तर रहेको प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए।

पक्राउ परेका तीन जनासहितको डाँका समूहले स्थानीय रामविश्वास यादवको घरमा सुतिरहेका उनकी छोरी किरण यादवलाइ खुट्टामा दुई गोली र ज्वाइँ ईश्वरनारायण यादवलाई दाहिने हातमा एक गोली हानी घाइते बनाएको थियो।

घाइते यादव दम्पतीको स्वास्थ्य अवस्था अहिले समान्य छ। जिल्ला प्रहरी कार्यालयले अभियुक्तहरुलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

यस घटनामा संलग्न अन्य फरार अभियुक्तको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ असार २०८३ १९:३८ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast