बागलुङमा घरको पर्खाल भत्किँदा ५ वर्षीय बालकको मृत्यु

हिमाल प्रेस २९ असार २०८३ ११:५३ | Monday, July 13, 2026
26
SHARES
बागलुङमा घरको पर्खाल भत्किँदा ५ वर्षीय बालकको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ– बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ।

आइतबार साँझ ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो।

मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएको थियाे।

पर्खालमा पुरिएर बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिए। पर्खालले पुरिएर गम्भीर घाइते भएका बालकलाई उद्धार गरी बुर्तिबाङ प्रादेशिक अस्पतालमा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका हुन्।

‘घर अलि अप्ठ्यारो ठाउँमा रहेछ,’ भट्टराईले भने, ‘पर्खाल कच्ची ठाउँमा लगाएको हुँदा पिँढीको मुख्य पर्खालनै भत्किँदा खेल्दै गरेको बालक पुरिएछन्, आफन्तले उद्धार गरेर अस्पताल ल्याउँदा मृत्यु भइसकेको रहेछ।’

 

प्रकाशित: २९ असार २०८३ ११:५३ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast