जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार

हिमाल प्रेस २९ असार २०८३ ९:२६ | Monday, July 13, 2026
8
SHARES
जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार

जाजरकोट- जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं। २ राङ्सीमा अविरल वर्षाका कारण पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। राङ्सीस्थित एक अस्थायी टहरामाथि ढिस्को खसेर पुरिँदा ६७ वर्षीया जयशिला शाहको घटनास्थलमै मृत्यु भएको हो।

भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाट उक्त टिनको अस्थायी टहरा निर्माण गरिएको थियो। पहिरोमा परी मृतककी छोरी ४० वर्षीया मेनुका शाह थापा र नातिनी ७ वर्षीया टिका थापा घाइते भएका थिए। उनीहरूलाई स्थानीय बासिन्दाले उद्धार गरेका छन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पाँचकटियाबाट प्रहरी सहायक निरीक्षक प्रेम केसीको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले घटनास्थल पुगेर क्षेत्रलाई सुरक्षित राख्ने काम गरेको छ ।

 

प्रकाशित: २९ असार २०८३ ९:२६ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast