नेपाली सेनाद्वारा जीप दुर्घटनाका घाइतको हवाई उद्धार

हिमाल प्रेस २८ असार २०८३ १७:३६ | Sunday, July 12, 2026
12
SHARES
नेपाली सेनाद्वारा जीप दुर्घटनाका घाइतको हवाई उद्धार

काठमाडौँ- बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई नेपाली सेनाले आइतबार हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज पुर्‍याएको छ।

हवाई उद्धार गरिएका पाँच जनामा तीन महिला र दुई पुरुष रहेका नेपाली सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।

स्वास्थ्य अवस्था थप जटिल रहेका दुई पुरुषलाई नेपाली सेनाले हवाई उद्धार गरेर सुर्खेत ल्याई स्काइ ट्रकमार्फत काठमाडौँ ल्याइएको छ।

सोही क्रममा अर्की एकजना बिरामी बालिकालाई पनि सुर्खेत प्रादेशिक अस्पताल पुर्‍याइएको छ।

बझाङ, केदारस्यूँ गाउँपालिका-७ सुगुरेमा शनिबार भएको जीप दुर्घटनामा परी तीन जनाको ज्यान गएको थियो भने सात घाइते भएका थिए।

प्रकाशित: २८ असार २०८३ १७:३६ | Sunday, July 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast