विश्वकपमा गोल वर्षा, गोल्डेन बुटका लागि कडा प्रतिस्पर्धा

हिमाल प्रेस २८ असार २०८३ १५:४४ | Sunday, July 12, 2026
16
SHARES
विश्वकपमा गोल वर्षा, गोल्डेन बुटका लागि कडा प्रतिस्पर्धा

काठमाडौँ- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण सम्पन्न भएसँगै गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) को प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे समान ८–८ गोल गर्दै शीर्ष स्थानमा छन्।

उनीहरूलाई नर्वेका एर्लिङ हालान्डले ७ गोलसहित पछ्याइरहेका थिए तर नर्वे जारी विश्वकपबाट बाहिरिएको छ। इंग्ल्यान्डका जुड बेलिघंम र ह्यारी केन समान ६-६ गोलसहित दौडमा कायम छन्।

अब सेमिफाइनल चरणमा हुने प्रदर्शनले गोल्डेन बुटको विजेता निर्धारण गर्ने सम्भावना बलियो बनेको छ। यसले उपाधि प्रतिस्पर्धासँगै व्यक्तिगत सम्मानको दौडलाई पनि थप रोमाञ्चक बनाएको छ।

विश्वकपमा अब चार खेल मात्रै बाँकी छ। जसमा आगामी बुधबार फ्रान्स र स्पेन, बिहीबार इंग्ल्यान्ड र अर्जेन्टिना भिड्दैछन्। यी चारमध्ये विजेता टोली फाइनल पुग्नेछ भने पराजितले तेस्रो स्थानका लागि खेल्नेछन्।

तेस्रो स्थानको खेल आइतबार र फाइनल खेल सोमबार हुनेछ।

प्रकाशित: २८ असार २०८३ १५:४४ | Sunday, July 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast