विश्वकप

सेमिफाइनलमा इंग्ल्यान्डको प्रतिस्पर्धा साविक विजेतासँग, स्पेनको भिड्न्त साविक उपविजेतासँग

हिमाल प्रेस २८ असार २०८३ ९:५९ | Sunday, July 12, 2026
16
SHARES
सेमिफाइनलमा इंग्ल्यान्डको प्रतिस्पर्धा साविक विजेतासँग, स्पेनको भिड्न्त साविक उपविजेतासँग

काठमाडौँ- विश्वकप २०२६ का सेमिफाइनल समीकरण सकिएका छन्। इंग्ल्यान्ड र अर्जेन्टिनाको जितसँगै अब चार टोली सेमिफाइनल पुगेका हुन्। साविक विजेता अर्जेन्टिना स्विट्जरल्यान्डलाई ३-१ ले हराउँदै र  इंग्ल्यान्डले नर्वेलाई २-१ ले हराउँदै सेमिफाइनल पुगेका हुन्। यसअघि नै साविक उपविजेता फ्रान्सले मोरक्कोलाई र स्पेनले बेल्जियमलाई पन्छाउँदै सेमिफाइनलको बाटो तय गरेका हुन्।

अब सेमिफाइनलको एक खेलमा इंग्ल्यान्ड र अर्जेन्टिना तथा अर्को खेलमा  स्पेन र फ्रान्स भिड्नेछन्। उनीहरूमध्ये दुई टोली उपाधिका लागि लड्नेछन्। संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा फिफा विश्वकप २०२६ आयोजना गरेका छन्।

प्रकाशित: २८ असार २०८३ ९:५९ | Sunday, July 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast