बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

हिमाल प्रेस २७ असार २०८३ २०:१५ | Saturday, July 11, 2026
6
SHARES
बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

काठमाडौँ – बझाङमा भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त जिल्लाको केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुहावनतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र सात जना गम्भीर घाइते भएका हुन्।

जिल्ला प्रशासन कार्यालय बझाङकी सूचना अधिकारी सत्याकुमारी जोशीले घाइतेहरूको उद्धारका लागि सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण अवतरण हुन नसकेको बताए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले दुर्घटनास्थलमा सदरमुकाम चैनपुरबाट चार वटा एम्बुलेन्स परिचालन भएका बताए।

जीपमा १५ जना सवार रहेका जानकारी प्राप्त भएको उनले बताए।

प्रकाशित: २७ असार २०८३ २०:१५ | Saturday, July 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast