अमेरिकी आक्रमणमा १७ जनाको मृत्यु : इरान

हिमाल प्रेस २७ असार २०८३ १७:२० | Saturday, July 11, 2026
12
SHARES
अमेरिकी आक्रमणमा १७ जनाको मृत्यु : इरान फाइल तस्बिर : एफपी

काठमाडौँ- इरानले अमेरिकाको तर्फबाट भएको पछिल्लो आक्रमणमा परी १७ जनाको ज्यान गएको बताएको छ।

इरानको स्वास्थ्य मन्त्रालयले हालै भएको अमेरिकी सैन्य आक्रमणहरुमा एक महिलासहित १७ जनाको मृत्यु भएको जनाएको हो।

बीबीसी फारसीका अनुसार इरानको स्वास्थ्य मन्त्रालयको सूचना केन्द्रका प्रमुख हुसेन केरमानपुरले गत जुलाई ८ र ९ तारिखमा भएका अमेरिकी आक्रमणहरुमा परी ११५ जना घाइते भएको जानकारी दिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये केही व्यक्तिको उपचारपश्चात डिस्चार्ज गरिएको छ।

रणनीतिक रुपमा महत्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’ मा तीनवटा जहाजमाथि आक्रमण भएपछि अमेरिकाले इरानको बन्दर अब्बास, केशम, सिरिक, चाबहार र बुशेहरजस्ता तटीय क्षेत्रहरुमा जवाफी आक्रमण गरेको हो।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानलाई पुनः चेतावनी दिएका छन्। उनले इरानलाई समाप्त पारिदिने चेतावनी दिएका हुन्।

इरानले कुनै प्रकारको सैन्य कारबाही गरेमा वा आफ्नो हत्याको प्रयास गरेमा अमेरिकाले इरानविरूद्ध कडा सैन्य कदम चाल्ने चेतावनी उनले दिएका छन्।

प्रकाशित: २७ असार २०८३ १७:२० | Saturday, July 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast