पूर्वमन्त्री खनाल भन्छन् – दलहरूप्रति असन्तुष्टि बढ्दै जानु राम्रो संकेत होइन

हिमाल प्रेस २७ असार २०८३ १६:२६ | Saturday, July 11, 2026
24
SHARES
पूर्वमन्त्री खनाल भन्छन् – दलहरूप्रति असन्तुष्टि बढ्दै जानु राम्रो संकेत होइन पूर्वमन्त्री रामेश्वर खनाल। फाइल तस्बिर।

काठमाडौँ- पूर्वअर्थमन्त्री रामेश्वर खनालले दलहरूप्रति असन्तुष्टि बढ्दै जानु राम्रो संकेत नरहेको बताएका छन्।

अहिले सबैथोक ठीक नभएको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

‘जे भैरहेको छ, सबै ठीक भएको छैन! उनीहरू खराब थिए, यी पनि खराबै रहेछन्, कुनै पार्टी ठीक छैनन् भन्ने मत बढ्दै जानु कदापि राम्रो होइन,’ खनालले सामाजिक सञ्जालमा लेखका छन्।

पूर्वमन्त्री खनालले स्थिति सुधार्ने प्राथमिक दायित्व सत्ताकै रहेको उल्लेख गरेका छन्। उनले नाम उल्लेख नगरी कतिपय मन्त्रीको शैलीप्रति समेत टिप्पणी गरेका छन्।

उनले भनेका छन्,‘स्थिति सुधार्ने प्राथमिक दायित्व सत्ताकै हो। तर, केही मन्त्रीमा विनयशीलता फिटिक्कै देखिएन।’

अर्को एक पोस्टमा खनालले आलोचना र टिप्पणीप्रति जथाभावी गाली नगर्न आग्रह गरेका छन्। उनले भनेका छन्,‘जथाभावी गाली गर्ने अरिङ्गाल परिचालन नगर्नुस्, सन्तुलित÷सुविचारित विचार पढ्नुस्÷सुन्नुहोस्। हठात्–प्रतिक्रियावादी नहुनुहोस्।’

पूर्वमन्त्री खनालले समानान्तर संयन्त्र सञ्चालन गर्ने गतिविधिको आलोचना गरेका छन्। सरकारका विभिन्न मन्त्रीले आफ्नो सचिवालयमार्फत सञ्चालन गरिहेका गतिविधिप्रति उनले यस्तो आलोचना गरेका हुन्।

समानान्तर संयन्त्रहरू कुशासनका प्रस्थानविन्दु रहेको उनको भनाइ छ।

‘समानान्तर संयन्त्र आवश्यक थिएन। अन्तरिम भए पनि, ठीकै भएछ,’ उनले लेखेका छन्,‘साधारणतः समानान्तर संयन्त्रहरू कुशासनका प्रस्थान विन्दु हुन्।’

प्रकाशित: २७ असार २०८३ १६:२६ | Saturday, July 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast