विश्वविद्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार स्थानीय समस्याको पहिचान गरी समाधानका उपाय खोज्ने प्रक्रियाबाट विद्यार्थीमा सिर्जनशीलता, नेतृत्व क्षमता, सेवाभाव तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गरिनेछ। साथै बहुसांस्कृतिक आदान–प्रदान र आपसी समझदारीमार्फत समावेशी समाज निर्माणमा योगदान पुर्याउने उद्देश्य राखिएको उल्लेख गरिएको छ।

दक्षिण कोरियाबाट आएका २८ सदस्यीय विद्यार्थी तथा कर्मचारीको टोलीले नागार्जुन नगरपालिका र स्थानीय विद्यालयसँग सहकार्य गर्दै शैक्षिक सहयोग, स्वयंसेवा, नेतृत्व विकास तथा सांस्कृतिक सम्बन्ध विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने जानकारी दिइएको छ। समझदारी कार्यक्रममा नागार्जुन नगरपालिकाकी कार्यवाहक प्रमुख सुशीला अधिकारीको प्रमुख आतिथ्य तथा नागार्जुन नगरपालिका–६ का वडा अध्यक्ष देवेन्द्रराज गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, नगर प्रवक्ता महेश रिमाल, शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुँवर, सीताराम माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदीप पुरी, दक्षिण कोरियाको सनमुन विश्वविद्यालयका प्रतिनिधिमण्डलका प्रमुख प्रा। युन चोयुनयी, निर्देशक योङ–सुन ओह, अनुवादक तेन्जिन नोर्बु लामा, समाजसेवी केशव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

सोही अवसरमा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई विद्यालय प्रशासनले सम्मान गर्दै हार्दिक आभार व्यक्त गरेको थियो। कार्यक्रममा उपस्थित वक्ताहरूले स्थानीय सरकार, सामुदायिक विद्यालय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाबीचको सहकार्यले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, विद्यार्थीको व्यक्तित्व विकास, अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान तथा विश्वस्तरीय शैक्षिक अवसर सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
औपचारिक कार्यक्रम पछि सनमुन विश्वविद्यालयका प्रतिनिधिमण्डलका प्रमुखको उपस्थितिमा सीताराम माध्यमिक विद्यालयको नवनिर्मित क्यान्टिनको उद्घाटन गरिएको थियो। त्यसपछि विद्यालय प्रशासन, नगरपालिकाका प्रतिनिधि तथा सनमुन विश्वविद्यालयका पदाधिकारीबीच विशेष बैठक सम्पन्न भएको थियो, जहाँ आगामी शैक्षिक साझेदारी, विद्यार्थी तथा शिक्षक आदान–प्रदान र सामुदायिक विकासका विषयमा विस्तृत छलफल गरिएको थियो।
सीताराम माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमअन्तर्गत विद्यार्थीको समग्र विकासलाई लक्षित गर्दै विभिन्न गतिविधिहरू सञ्चालन गरिएका थिए। प्रमुख कार्यक्रमहरू यसप्रकार रहेका थिएः
– प्राविधिक तथा कला कार्यक्रमस् प्राविधिक सीप विकास, सिर्जनात्मक कला तथा प्रतिभा प्रदर्शनसम्बन्धी गतिविधिहरू।
– स्वास्थ्य कार्यक्रमस् स्वास्थ्य सचेतना, व्यक्तिगत सरसफाइ तथा आधारभूत स्वास्थ्य सेवासम्बन्धी जानकारीमूलक कार्यक्रम।
– खेलकुद कार्यक्रमस् विभिन्न खेलकुद प्रतियोगिता, शारीरिक तन्दुरुस्ती तथा टोलीभावना विकाससम्बन्धी गतिविधिहरू।
– करियर निर्माण कार्यक्रमस् नेतृत्व विकास, व्यक्तित्व विकास, करियर योजना तथा भविष्यका अवसरबारे अभिमुखीकरण।
– कोरियाली भाषा तथा संस्कृति कार्यक्रमस् कोरियाली भाषा, संस्कृति, परम्परा तथा सांस्कृतिक आदानप्रदानसम्बन्धी विशेष प्रस्तुति र प्रशिक्षण।
यी कार्यक्रमहरूले विद्यार्थीहरूमा ज्ञान, सीप, आत्मविश्वास तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याएको विद्यालयले जनाएको छ।
कार्यक्रममा सनमुन विश्वविद्यालयले नेपालमा सञ्चालन गरिरहेको ‘ग्लोबल कम्युनिटी’ अन्तर्राष्ट्रिय स्वयंसेवा कार्यक्रम अन्तर्गत सञ्चालन गरिने विभिन्न गतिविधिबारे पनि जानकारी गराइएको थियो। कार्यक्रमअनुसार कोरियाली भाषा तथा संस्कृति शिक्षण, कोरियाली कला प्रशिक्षण, विद्यार्थी केन्द्रित शिक्षण, करियर निर्माणसम्बन्धी अभिमुखीकरण, खेलकुद प्रशिक्षण, स्वास्थ्य सेवा शिविर, सामुदायिक सेवा, मितेरी कार्यक्रम, वृक्षारोपण, सांस्कृतिक तथा उपहार आदान–प्रदानलगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।



