उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

हिमाल प्रेस २५ असार २०८३ १७:०९ | Thursday, July 9, 2026
10
SHARES
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेकी छन्।

त्यस अवसरमा दुवै जनाबीच नेपाल–फ्रान्स सम्बन्धका विविध आयामबारेमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

उपराष्ट्रपति यादवले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको पारस्परिक सम्मान, सहयोग र मैत्रीमा आधारित सम्बन्ध अझ उन्नत भएको बताएका थिए।

उनले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यहरू ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’ले नेपालको राजनीतिक आन्दोलनलाई पनि प्रेरित गर्दै आएको उल्लेख गरे।

फ्रान्सले युरोपेली संघ (ईयू) मार्फत नेपाललाई प्रदान गर्दै आएको सहयोगका लागि उपराष्ट्रपति यादवले धन्यवाद ज्ञापन गर्दै दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे।

साथै उपराष्ट्रपति यादवले फ्रान्सको आसन्न राष्ट्रिय दिवसका अवसरमा राजदूत कोर्टेभलमार्फत फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रो र फ्रान्सेली जनताको सुख, शान्ति र समृद्धिको कामना गरे।

राजदूत भर्जिनी कोर्टेभलले आफ्नो कार्यकालमा फ्रान्स र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास भएको बताएकी थिइन्।

प्रकाशित: २५ असार २०८३ १७:०९ | Thursday, July 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast