राजेन्द्र राईको ‘कान सुन्नुहुन्न’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

हिमाल प्रेस २४ असार २०८३ १२:४८ | Wednesday, July 8, 2026
8
SHARES
राजेन्द्र राईको ‘कान सुन्नुहुन्न’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउने निर्देशन दिएका छन्।

आजको प्रतिनिधि सभाको बैठकमा एमालेका सांसद राईले ‘सभामुखले कान सुन्नुहुन्छ कि हुन्न’ भनेर प्रश्न गरेका थिए। त्यसपछि संसदमा विवाद भएपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो ।

त्यसपछि बसेको बैठकमा सभामुख अर्यालले सांसद राईलाई बोल्न समय दिएका थिए। सांसद राईले यसअघिको अभिव्यक्ति सभामुखले आफ्नो कुरा नसुनेर रोक लगाएकाले आवेशमा आएको बताएका थिए।

त्यसपछि सभामुख अर्यालले यसअघिको सांसद राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। अहिले प्रतिनिधिसभाको बैठक सुचारू भएको छ ।

प्रकाशित: २४ असार २०८३ १२:४८ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast