बाढीपहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

हिमाल प्रेस २४ असार २०८३ ९:०९ | Wednesday, July 8, 2026
2
SHARE
बाढीपहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग फाइल तस्बिर

काठमाडौँ- देशभर भइरहेको अविरल वर्षा र पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। बिहान साढे ८ बजेसम्मको विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका कतिपय सडक खण्डहरू पूर्णरूपमा बन्द भएका हुन्।

कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने भोजपुरको बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग प्रभावित भए पनि हाल त्यहाँ एकतर्फी यातायात सुचारु गरिएको छ।

बागमती प्रदेशमा बीपी राजमार्गको खुर्कोट-नेपालथोक खण्डमा बाढीको सम्भावना रहेकाले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको इन्द्रसरोवर क्षेत्रमा सडक मर्मतको काम भइरहेकाले कुलेखानी-फाखेल-फर्पिङ सडक खण्ड यो महिनाको २५ गतेसम्मका लागि पूर्ण रूपमा बन्द रहने जानकारी दिइएको छ।  ललितपुरको पाङदुरमा पहिरो खसेका कारण कान्ति लोकपथ पनि ठप्प भएको छ।

गण्डकी प्रदेशको म्याग्दी जिल्लामा दुई स्थान, बैसेरी र घुमाउने भिरमा पहिरो जाँदा बेनी-जोमसोम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी करिडोरमा पनि बाढीका कारण सडक अवरुद्ध भएको छ।

प्रकाशित: २४ असार २०८३ ९:०९ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast