रोजगार सिर्जना गर्न सरकार प्राथमिकताका साथ काम गरिरहेको छ : मन्त्री यादव

हिमाल प्रेस २२ असार २०८३ १६:१७ | Monday, July 6, 2026
8
SHARES
रोजगार सिर्जना गर्न सरकार प्राथमिकताका साथ काम गरिरहेको छ : मन्त्री यादव

काठमाडौँ- युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगार सिर्जना गर्नका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्।

सोमबार राष्ट्रियसभा बैठकमा आफ्ना मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले स्वदेशमा नै रोजगारी सिर्जनाका साथै वैदेशिक रोजगारबाट फर्किएका नागरिकको सीप र अनुभवलाई राष्ट्रिय निर्माणसँग जोड्न सक्ने गरी सरकार अघि बढेको बताएका हुन्।

उनले रोजगारीसँग सम्बन्धित विषयमा एकीकृत तथ्यांक संकलन परीक्षणका क्रममा रहेको जानकारी दिए।

२०८३ देखिको दशकलाई ‘रोजगार प्रवद्र्धन दशक’ का रूपमा घोषणा गरिसकेको बताउँदै मन्त्री यादवले राष्ट्रिय रोजगार नीति, २०७१ लाई समयसापेक्ष बनाउन राष्ट्रिय रोजगार नीति, २०८३ को मस्यौदा तयार भइरहेको समेत जानकारी दिए।

मन्त्री यादवले श्रम अधिकार, मर्यादित काम र श्रमिक सुरक्षा केवल कानुनी प्रतिबद्धता मात्रै पर्याप्त नहुने भन्दै अधिकारको प्रभावकारी कार्यान्वयन गराउन श्रम निरीक्षण प्रणालीलाई प्राथमिकतामा राखेको बताए।

उनले मन्त्रालयको बजेटलाई सीमित स्रोतबाट अधिकतम परिणाम दिने गरी कमाउँदै सिक्दै अवधारणामा आधारित कार्यक्रम अघि सारिएको धारणा राखे।

प्रकाशित: २२ असार २०८३ १६:१७ | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast