काठमाडौँ- एर्लिङ हालान्डको दुई गोलमा पााच पटकको विश्व विजेता ब्राजिललाई २-१ ले पराजित गर्दे नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । नर्वेले ब्राजिललाई विश्वकपमा दोस्रो पटक पराजित गरेको हो । यसअघि पछिल्लो पटक १९९८ मा विश्वकप खेलेको नर्वेले ब्राजिललाई २-१ ले नै पराजित गरेको थियो ।
नर्वे ब्राजिलसँग अहिलेसम्म खेलेको सबै खेल (५)मा अपराजित छ। नर्वेले अब मेक्सिको र इंग्ल्यान्डबीचको खेलको विजेतासँग क्वाटरफाइनल खेल्नेछ । अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा हालान्डले दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए ।
उनले ७९औं मिनेटमा पहिलो गोल गरेका थिए । आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् ।
हालान्डले ९०औं मिनेटमा गोल गर्दै नर्वेलाई २-० को अग्रता दिलाए । हालान्डले हेड गोल गर्दै अग्रता दोब्बर पारेका थिए । दोस्रो गोलका लागि पनि आन्द्रेस सेलड्रुपले नै असिस्ट गरे । ब्राजिलका लागि नेमनारले इन्जुरी टाइमको नवौँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।
त्यसअघि ब्राजिलले पहिलो हाफमा पनि पेनाल्टी पाउाौा गोल गर्न चुकेको थियो । पेनाल्टी गुमाउँदा अग्रता लिने अवसर गुमाएको थियो । ब्राजिलका ब्रुनो गुमाइरेजले पहिलो हाफको सुरुमै पाएको पेनाल्टी मिस गरेका थिए ।
खेलको १४औं मिनेटमा ब्रुनोको पेनाल्टी प्रहार नर्वेका गोलकिपर ओर्यान नाएल्यन्डले बचाए । न्वेका क्रिस्टोफर अयरले विपक्षी खेलाडीमाथि पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहयोगमा ब्राजिललाई पेनाल्टी दिएका थिए । तर ब्रुनो गुमाइरेजको प्रहारलाई नाएल्यान्डले बचाए ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका एन्ड्रिकले गोल गर्ने राम्रो अवसर गुमाएका थिए । उनले ५९औं मिनेटमा नर्वेका किपरसँग वान भर्सेस वानको अवस्थामा गोल गर्ने चुकेका थिए । जुन ब्राजिलका लागि महँगो सावित भयो । खेलमा नर्वेले ब्राजिलमाथि सुरुवात देखि बल पोसेसन राख्दै दबाब बनाएको थियो । पहिलो हाफमा ब्रुनोले पेनाल्टीमा गोल गर्न चुकेपछि ब्राजिल झन् दबाबमा परेको थियो ।




