फिफा विश्वकप २०२६

हालान्डको उत्कृष्ट प्रदर्शन र २ गोलले नर्वे नकआउट चरणमा

हिमाल प्रेस ९ असार २०८३ ७:५२ | Tuesday, June 23, 2026
हालान्डको उत्कृष्ट प्रदर्शन र २ गोलले नर्वे नकआउट चरणमा

काठमाडौँ- एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनले नर्वेले दोस्रो खेलमा सेनेगललाई ३–२ ले हराउँदै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार बिहान अमेरिकाको मेटलाइफ मैदानमा हाल्यान्डले दुई गोल गरेका थिए । एक गोल मार्कुस पेडेर्सनले गरेका हुन् । सेनेगलको लागि दुबै गोल इस्माइल सारले फर्काएका हुन् ।

नर्वेले पहिलो हाफमा १–० को अग्रता लिँदा दोस्रो हाफमा दुई गोल थपेको थियो । सेनेगलले पनि दुई गोल फर्काएको थियो । तर, नर्वेलाई रोक्न सकेन । लगातार दोस्रो जितपछि नर्वेले समूह ‘आई’ मा ६ अंक जोडेको छ । फ्रान्सको पनि समान ६ अंक छ । फ्रान्स गोलअन्तरमा शीर्ष स्थानमा रह्यो ।

सेनेगल र इराकले भने लगातार दोस्रो खेलमा हार बहोरेका छन् । यो हारपछि सेनेगलको नकआउट चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ । बिहानै भएको खेलमा फ्रान्सले इराकलाई ३–० ले हरायो ।

 

प्रकाशित: ९ असार २०८३ ७:५२ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast