रास्वपामा पदाधिकारी र केन्द्रीय सदस्यहरूले लिए शपथ

हिमाल प्रेस १७ असार २०८३ १२:५५ | Wednesday, July 1, 2026
रास्वपामा पदाधिकारी र केन्द्रीय सदस्यहरूले लिए शपथ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। काठमाडौँको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेमार्फत नवनिर्वाचितहरूले शपथ लिएका हुन्।

गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ पदाधिकारी तथा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। शपथलगत्तै नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सभापति रवि लामिछानेले घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरिरहेका छन्।

आज नै पहिलो केन्द्रीय समिति बैठक बोलाउने तयारी छ। उक्त बैठकले मनोनित हुने ५१ जनाको विषयमा छलफल गर्ने बताइएको छ। रास्वपाको सभापतिमा लामिछाने निर्विरोध निर्वाचित भएका हुन्।

प्रकाशित: १७ असार २०८३ १२:५५ | Wednesday, July 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast