पोखरा- पोखराका वरिष्ठ पत्रकार तथा समाजसेवी केशवराज पराजुलीको गएराति निधन भएको छ । करिब ९२ वर्षीय उनको गएराति आफ्नै निवास पोखरा–३, नदीपुरमा निधन भएको परिवारजनले जनाएको छ।
स्व. पराजुलीका १ छोरा र ४ छोरी छन् । बुधबार नै सेती नदी तुलसीघाटमा उनको अन्त्येष्टि हुनेछ । उनी ‘पोखरेली नवरत्न’ समेत हुन्।
उनले लामो समय शिक्षण पेसा तथा नेपाली काँग्रेसको राजनीति पनि गरे । पराजुली ‘जनमत दैनिक’ को संस्थापक सम्पादक पनि हुन् । पोखराका पुराना पत्रकार पराजुलीको निधनले पोखराको सिंगो सञ्चार क्षेत्रमा शोक छाएको छ । सामाजिक सञ्जालमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त भइरहेको छ ।
प्रकाशित: १७ असार २०८३ ९:२८ | Wednesday, July 1, 2026
प्रतिक्रिया




