धनकुटा- धनकुटाको प्रतिनिधिसभा नेकपा एमाले र नेपाली कांग्रेसबीच तीब्र प्रतिस्पर्धा देखिएको छ। नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईले झिनो मतले नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापालाई अग्रता देखाएका छन्।
राईले १४२४५ मत प्राप्त गर्दा थापाले १३६३० मत प्राप्त गरेका छन्। प्रतिनिधिसभातर्फ एउटा मात्र क्षेत्र रहेको धनकुटामा मतगणना जारी छ। हाल यहाँ स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ३१८१ मत प्राप्त गरेका छन्।
प्रकाशित: ७ मंसिर २०७९ ८:१४ | Wednesday, November 23, 2022
प्रतिक्रिया




