गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन

हिमाल प्रेस १३ असार २०८३ २०:३७ | Saturday, June 27, 2026
8
SHARES
गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन

काठमाडौँ- प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर निराज रानाको सवारी दुर्घटनामा मृत्यु भएको छ।

नगरपालिकाको वडा नम्बर २ स्थित बांगेसल्लामा गाडी दुर्घटना भएको हो।

प्युठानका प्रहरी प्रमुख डीएसपी नरहरि अधिकारीले गाडी सडकबाट करिब ४–५ सय मिटर तल खसेर दुर्घटना भएको जानकारी दिए।

‘चार पाँच सय मिटर तल खसेर गाडी दुर्घटना भएको छ,’ हिमालप्रेससँग उनले भने,‘अहिले हामी अस्पतालमै छौँ। उहाँका परिवारका सदस्यहरुले मृत्यु भइसकेको बताउनु भएको छ, चिकित्सकले भन्न बाँकी छ। पारिवारिक स्रोतका अनुसार मृत्यु भइसकेको छ, अस्पताल ल्याइसकिएको छैन।’

डीएसपी अधिकारीका अनुसार उपमेयर राना सवार पालिकाको लुम्बिनी प्रदेश ०१–००१ झ ०००८ नम्बरको गाडी दुर्घटना भएको हो। गाडीमा उपमेयर राना एक्लै सवार रहेको जानकारी प्राप्त भएको उनले बताए।

‘अहिलेसम्मको जानकारीअनुसार गाडीमा उहाँ एक्लै हुनुहुन्थ्यो, आफैँले ड्राइभ गरिरहेको बुझिएको छ, थप अनुसन्धान भइरहेको छ,’ उनले भने।

प्रकाशित: १३ असार २०८३ २०:३७ | Saturday, June 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast