तनहुँमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

हिमाल प्रेस १२ असार २०८३ ११:२३ | Friday, June 26, 2026
12
SHARES
तनहुँमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

काठमाडौँ- तनहुँको संगमटोलस्थित एक स्थानीयको घर नजिक फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार असार ११ गते फेला परेको उक्त शंकास्पद वस्तु नेपाली सेनाअन्तर्गतको कालीभञ्जन गणबाट खटिएको बम डिस्पोजल टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गरेको हो।

घटनापछि स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। सेनाले सर्वसाधारणलाई शंकास्पद वस्तु वा अपरिचित सामग्री फेला परेमा त्यसलाई नछोई तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

प्रकाशित: १२ असार २०८३ ११:२३ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast