होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख खनालको मस्तिष्कघातले निधन

हिमाल प्रेस १० असार २०८३ २१:१६ | Wednesday, June 24, 2026
26
SHARES
होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख खनालको मस्तिष्कघातले निधन

पोखरा- ‘जाऔं पोखरा’ अभियानअन्तर्गत भ्रमणमा रहेका होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनालको मस्तिष्कघातका कारण निधन भएको छ।

उनलाई गत आइतबार पाल्पा पुगेको बेला मस्तिष्कघात भएपछि भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साइन्समा भर्ना गरिएको थियो। उपचारका क्रममा बुधबार उनको निधन भएको भएको अस्पतालले जनाएको छ।

गोरखा जिल्लाको आरुघाट घर भएका ४१ वर्षीय खनाल विगत १५ वर्षदेखि होटल संघ पोखरा नेपालको कार्यालय प्रमुख भई कार्यरत रहेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

संघले उनको निधनमा दुःख व्यक्त गर्दै शोक विज्ञप्ति जारी गरेको छ। संघ अध्यक्ष सुवेदीद्वारा जारी विज्ञप्तिमा संस्थाले कर्तव्यनिष्ठ, मेहनती र सबैसँग आत्मीय सम्बन्ध कायम गर्न सक्ने व्यक्तित्वका रूपमा खनाल रहेको स्मरण गर्दै दिवंगत आत्माप्रति चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।

स्वर्गीय खनालका श्रीमती र एक छोरी छन् ।

प्रकाशित: १० असार २०८३ २१:१६ | Wednesday, June 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast