रास्वपाको बन्दसत्र सुरु, देखिएनन् बालेन

हिमाल प्रेस ९ असार २०८३ १५:२३ | Tuesday, June 23, 2026
12
SHARES
रास्वपाको बन्दसत्र सुरु, देखिएनन् बालेन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत बन्दसत्र आजदेखि सुरु भएको छ। प्रतिनिधि चयनसम्बन्धी विवादका कारण केही समय ढिलाइ भएपछि बन्दसत्र औपचारिक रूपमा सुरु भएको हो।

तीन दिनदेखि जारी महाधिवेशनमा संगठनात्मक संरचना, नेतृत्व चयन प्रक्रिया तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल भइरहेको छ।

यसैबीच,बन्दसत्रमा प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) देखिका छैनन्।

महाधिवेशन स्थलमा प्रतिनिधिहरूबीच आन्तरिक छलफल र बहस जारी छ भने नेतृत्व तहले संगठन सुदृढीकरणलाई मुख्य एजेन्डा बनाएको छ।

बन्दसत्रको निर्णयले रास्वपाको आगामी राजनीतिक रणनीति र नेतृत्व संरचनामा महत्वपूर्ण प्रभाव पार्नेछ।

प्रकाशित: ९ असार २०८३ १५:२३ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast