अन्जु पन्तकी छोरीको मुख्य भूमिका रहेको ‘तीन तिघ्रे क्या बिग्रे’को औपचारिक घोषणा

हिमाल प्रेस ७ असार २०८३ १२:३० | Sunday, June 21, 2026
2
SHARE
अन्जु पन्तकी छोरीको मुख्य भूमिका रहेको ‘तीन तिघ्रे क्या बिग्रे’को औपचारिक घोषणा

काठमाडौँ- रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ को निर्माण औपचारिक घोषणा गरिएको छ। आइतबार सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै निर्माणको घोषणा गरिएको हो। अमरदीप सापकोटाको लेखन एवं निर्देशन रहने फिल्म असार महिनाको अन्तिम सातादेखि छायांकनमा जानेछ।

फिल्ममा चर्चित गायक पशुपति शर्मा र गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त मुख्य भूमिकामा देखिन लागेका छन् । यी दुवै कलाकार यो डेब्यु फिल्म हो । कमेडी जनरामा निर्माण हुने यस फिल्म पूर्ण मनोरञ्जनात्मक प्याकेजका रूपमा दर्शकमाझ प्रस्तुत हुने निर्देशक सापकोटाले बताए ।निर्माता रघुनाथ सापकोटाका अनुसार रघुजी फिल्मस्ले यसअघि घोषणा गरेका केही प्रोजेक्ट प्राविधिक कारणले ढिला हुन पुगेकोले यो फिल्म बन्न लागेको हो ।

फिल्मको नेपाल वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ ।

 

प्रकाशित: ७ असार २०८३ १२:३० | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast