काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत स्कटल्यान्डविरुद्ध मोरक्को विजयी भएको छ। समूह ‘सी’ मा रहेको मोरक्कोले स्कटल्यान्डविरुद्ध १-० को जित निकालेको हो। यो जितसँगै मोरक्का नकआउट चरणमा प्रवेश गरेको छ।
यसअघि अमेरिका र मेक्सिको पनि नकआउट चरणमा प्रवेश गरिसकेका छन्। खेलको दोस्रो मिनेटमै मोरक्कोले स्कटल्यान्डविरुद्ध गोल गरेको हो। मोरक्कोका इस्माल साइबेरीले गरेको गोल नै खेलमा निर्णायक बन्यो। इस्माल साइबेरी चालु विश्वकपमै सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन्।
यसअघिको खेलमा मोरक्को ब्राजिलसँग १-१ को बराबरी खेलेको थियो। स्कटल्यान्डले भने अघिल्लो खेलमा हाइटीलाई १–० ले पराजित गरेको थियो।
प्रकाशित: ६ असार २०८३ ६:३३ | Saturday, June 20, 2026
प्रतिक्रिया




