लबिम मलमा खुल्यो ‘द बडी सप’ को दोस्रो शाखा

हिमाल प्रेस ४ असार २०८३ १६:३० | Thursday, June 18, 2026
4
SHARES
लबिम मलमा खुल्यो ‘द बडी सप’ को दोस्रो शाखा

काठमाडौँ- ललितपुरको लबिम मलमा गुणस्तरीय सौँन्दर्य सामाग्रीहरुसहितको ‘द बडी सप’ को दोस्रो शाखाको सुरुवात भएको छ। नेपालका लागि बेलायतका राजदुत रोब फेनले बिहबिार एक कार्यक्रमकाबीच उक्त सौन्दर्य सामाग्रीहरुसहितको दोस्रो शाखाको उद्घाटन गरेका हुन्।

उनले जनावर, पर्यावरणको संरक्षणको आवाजसँगै बेलायतको लण्डनमा स्थापित द बडी सपले नेपाली पर्यावरणप्रेमी उपभोक्तासमक्ष आइपुगेको बताए।

द बडि सपका व्यवस्थापक÷निर्देशक सरु अर्याल प्रधानले सन् २०२१ मा दरबारमार्गमा स्थापना गरिएको उक्त व्यवसायको अनुभवले नेपालमा पनि गुणस्तरीय सौन्दर्य सामग्रीको खोजी गर्ने उपभोक्ता बढिरहेको जानकारी पाएपछि त्यसको शाखा लबिम मलमा पनि खोलिएको बताइन्।

उनले द बडि सपबारे जानकारी दिंदै भनिन्, ‘लण्डनमा स्थापित सौन्दर्य सामग्रीको यस ब्रान्डले व्यापार, व्यवसाय मात्र गर्दैन, अर्ग्यानिक उत्पादनमा आधारित सौन्दर्य सामग्री बनाउने हुनाले विश्वका ग्रामिण भेगका न्यून आय भएका महिलालाई अर्ग्यानिक बस्तु उत्पादमा प्रोत्साहन गर्दै रोजगारीमा महिलालाई प्राथमिकता पनि दिन्छ र यस धर्तीमा आएका सबै प्राणीको बाँच्ने हकको रक्षाको साथै पर्यावरणको प्रवद्र्धन पनि सँगसँगै गर्ने नारा बोकेकोले यो व्यवसाय मानव हितसँग पनि जोडिएको छ।’

निर्देशक प्रधानले बडि सपमा पाइने सामग्रीहरु विषादि र रासायनिक मलको प्रयोग नगरी उत्पादित फलफूलमा आधारीत हुने भएकोले शरीरका छाला कपालमा लगाउँदा निक्कै राम्रो परिणाम दिने बताइन्।

उनले द बडि सपका सामग्री प्रयोग गर्दा विश्वका विपन्न महिलाहरुले कामको मुल्य पाउने, आफ्नो कपाल, छालाको स्वास्थ्य राम्रो पनि हुने र जनावर र जलवायु, पर्यावरणको रक्षा हुनेलगायतका फाइदा हुने भएकोले प्रचारसामग्री नहेरी यहाँका सामग्री प्रयोग गरेर अनुभव बटुल्न आग्रह गरिन्।

द बडि सपका साझेदारका रुपमा आवद्ध गेट पेपर इन्डष्ट्रीजका मिलनदेव भट्राईले द बडि सपका सबै सामग्रीहरु प्याकिङ गर्ने कागजका बट्टाहरु नेपालबाट निर्यात भइरहेको र विगत ३७ वर्षदेखिको साझेदारी कायम रहेको जानकारी दिए।

प्रकाशित: ४ असार २०८३ १६:३० | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast