काठमाडौँ- राप्रपा नेत्रृ चम्पा अधिकारीले पार्टी परित्याग गरेकी छन्। राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका केन्द्रीय सचिव रहेकी उनले आफू अब साधारण सदस्य समेत नरहेको जानकारी दिँदै पार्टी परित्याग गरेकी हुन्।
उनीसँग राप्रपामा लामो समयदेखि अध्यक्ष राजेन्द्र लिङ्देनको टकराव चल्दै आएको थियो। चुनावको समयमा समानुपातिक सांसद छनोटमा समेत अधिकारीले प्रश्न तेस्र्याएकी थिइन्। यसपछि राप्रपामा निष्कृय रहेकी उनी अब भने सोही पार्टीमा नरहने भएकी छन्।
उनले सामाजिक सन्जालमार्फत राप्रपा र यसको नेतृत्वले मुद्दा र विचारधाराको प्रभावकारी नेतृत्व गर्न असफल रहेको बताएकी छन्। यसअघि राप्रपाबाट महामन्त्री धवलशमशेर राणासहितका नेता निस्केपछि पार्टी परित्याग गर्ने क्रम बढेको छ। यसअघि पनि राप्रपा २०० नेताले पार्टी परित्याग गरेका थिए।




