प्रधानसेनापतिद्वारा तीन सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न

हिमाल प्रेस ३ असार २०८३ १२:२९ | Wednesday, June 17, 2026
14
SHARES
प्रधानसेनापतिद्वारा तीन सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न

काठमाडौँ- नेपाल सरकारको मन्त्रिपरिषद्को जेठ २९ गतेको निर्णयअनुसार पदोन्नति भएका नेपाली सेनाका अधिकृतहरूलाई प्रधानसेनापति अशोकराज सिग्देलले बुधबार जङ्गी अड्डामा दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भुवनपूर्ण सत्याल, मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी रोशन शम्सेर राणा तथा मानार्थ सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी उमेश कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृतहरू तथा पदोन्नति भएका रथीवृन्दका परिवारजनको समेत उपस्थिति रहेको थियो। प्रधानसेनापति सिग्देलले पदोन्नति प्राप्त अधिकृतहरूलाई बधाई दिँदै उनीहरूको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

 

प्रकाशित: ३ असार २०८३ १२:२९ | Wednesday, June 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast