फिफा विश्वकप २०२६ : मेस्सीको सानदार गोलमा पहिलो हाफमा अर्जेन्टिनाको अग्रता

हिमाल प्रेस ३ असार २०८३ ७:५७ | Wednesday, June 17, 2026
10
SHARES
फिफा विश्वकप २०२६ : मेस्सीको सानदार गोलमा पहिलो हाफमा अर्जेन्टिनाको अग्रता

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा लियोनेल मेसीको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो । अर्जेन्टिनाका लागि कप्तान मेसीले १७ औँ मिनेटमा गोल गरेका हुन् । विश्वविजेता अर्जेन्टिनाका कप्तान मेस्सीले आफ्नो खेलजीवनमा थप एक ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन् । अल्जेरियाविरुद्ध मैदान उत्रिएसँगै मेसीले अर्जेन्टिनाका लागि २०० औँ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका हुन् । यस ऐतिहासिक खेललाई उनले उत्कृष्ट गोलमार्फत अझ विशेष बनाएका छन् ।

खेलको क्रममा रोड्रिगो डे पउलको पासलाई नियन्त्रणमा लिँदै मेसीले मैदानको मध्यभागबाट बल अगाडि बढाएका थिए । उनले पेनाल्टी बक्सभन्दा बाहिर करिब २५ यार्डको दुरीबाट प्रहार गरेको शक्तिशाली सट अल्जेरियाका गोलरक्षक लुका जिदानले रोक्ने प्रयास गरे पनि असफल भए ।

यो गोलसँगै मेसीको अन्तर्राष्ट्रिय गोल सङ्ख्या ११८ पुगेको छ भने विश्वकप इतिहासमा यो उनको १४ औँ गोल हो । गोल गरेपछि मेसीले आफ्नो पहिलो विश्वकप गोलको जस्तै उमङ्गका साथ उत्सव मनाएका थिए।यसअघि, अल्जेरियाले खेलमा केही राम्रा अवसरहरू सिर्जना गरेको थियो । अल्जेरियाका फारेस चेइबीले खेलको सुरुवाती समयमा बललाई जाली चुमाए पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले त्यसलाई अफसाइड घोषित गरिदिएको थियो ।

त्यस्तै, चेइबीले नै कठिन कोणबाट प्रहार गरेको अर्को उत्कृष्ट सटलाई अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै बाहिर पठाए । त्यसपछिको कर्नर अवसरमा पनि चेइबीको हेड प्रहार पोस्टभन्दा बाहिरिएको थियो । अन्ततः मेसीकै उत्कृष्ट गोलको मद्दतले विश्वविजेता अर्जेन्टिनाले खेलमा सुरुवाती अग्रता बनाउन सफल भयो ।

प्रकाशित: ३ असार २०८३ ७:५७ | Wednesday, June 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast