फिफा विश्वकप २०२६ : मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

हिमाल प्रेस ३१ जेठ २०८३ ६:२८ | Sunday, June 14, 2026
16
SHARES
फिफा विश्वकप २०२६ : मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौँ- फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग ब्राजिल १-१ को बराबरीमा रोकिएको छ।

फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको समूह सी को आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो। ब्राजिलले मोरक्को विरुद्ध एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो।

अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा दुवै टिमले पहिलो हाफमै गोल गरेका थिए। इस्माइल साइबारीले २१औं मिनेटमा गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिकेन।

ब्राजिलले ३२औं मिनेटमा बराबरी गोल फर्कायो। भिनिसियस जुनियरले ब्रुनो गुमाइरेसबाट प्राप्त पासमा मोरक्कोका डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरेका थिए।

प्रकाशित: ३१ जेठ २०८३ ६:२८ | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast