नेपाली सेनाका ३७ जनालाई प्रधानसेनापति प्रशंसा निशान र कदर पत्र प्रदान

हिमाल प्रेस २८ जेठ २०८३ १४:४१ | Thursday, June 11, 2026
10
SHARES
नेपाली सेनाका ३७ जनालाई प्रधानसेनापति प्रशंसा निशान र कदर पत्र प्रदान

काठमाडौँ- नेपाली सेनाले उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र र कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकल दर्जाका सैनिकलाई प्रधानसेनापति प्रशंसा निशान तथा कदर पत्र प्रदान गरेको छ।

जङ्गी अड्डामा बिहीबार आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले उत्कृष्ट कार्यसम्पादन गर्ने सैनिकहरूलाई सम्मान गरेका नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

उनीहरूलाई संवेदनशील र चुनौतीपूर्ण परिस्थितिमा समेत संयमपूर्वक सही मूल्यांकन गर्दै सैनिक मूल्यमान्यताअनुसार जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको भन्दै सम्मान गरिएको निर्देशनालयले जनाएको छ।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाका सैनिकहरूको उपस्थिति रहेको थियो। सेनाले यस्तो सम्मानले संगठनभित्र व्यावसायिकता, अनुशासन र प्रेरणा अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: २८ जेठ २०८३ १४:४१ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast