क्लिभल्यान्डमा भएको गोली हानाहानमा १२ जनाको मृत्यु

हिमाल प्रेस २७ जेठ २०८३ १४:४६ | Wednesday, June 10, 2026
18
SHARES
क्लिभल्यान्डमा भएको गोली हानाहानमा १२ जनाको  मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- बन्दुकधारीहरूले दक्षिण अफ्रिकाको क्लिभल्यान्डको बस्तीमा आक्रमण गरी १२ जनालाई गोली हानेर हत्या गरेका छन्।  मंगलबार राति आक्रमण गरी १० जना भन्दा बढी सशस्त्र व्यक्तिहरूलाई यस क्षेत्रमा लगि बस्तीमा आक्रमण गरिएको दक्षिण अफ्रिकाका प्रहरी प्रवक्तालाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

संदिग्धहरू दुवै प्रवेशद्वारबाट बस्तीमा प्रवेश गरेर गाडीमा घटनास्थलबाट भाग्नु अघि धेरै स्थानहरूमा स्थानिय बासिन्दा र समुदायका सदस्यहरूमाथि गोली चलाएर भागेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानले आक्रमणमा परेर १२ जनाको मृत्यु भएको कर्नल दिमाकाट्सो नेभुहुल्वीले बताएका छन्।

आठ जना पुरुष र तीन जना महिलाको घटनास्थलमै मृत्यु भएको उल्लेख गर्दै उनले एक जनाको अस्पतालमा मृत्यु भएको बताए। यो आक्रमण जोहानेसबर्ग सहरको केन्द्रबाट लगभग ६ किलोमिटर पूर्वमा क्लीभल्याण्ड भनिने क्षेत्रमा भएको थियो।– रासस

प्रकाशित: २७ जेठ २०८३ १४:४६ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast