सुधन र महावीरले लिए मन्त्रीको शपथ

हिमाल प्रेस २६ जेठ २०८३ १७:३३ | Tuesday, June 9, 2026
16
SHARES
सुधन र महावीरले लिए मन्त्रीको शपथ

काठमाडौँ- सुधन गुरुङ र महावीर पुनले मंगलबार क्रमशः गृहमन्त्री तथा विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा उनीहरू मन्त्री नियुक्त भएका हुन्।

गुरुङ गोरखा-१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन्। यसअघि सम्पत्तिसम्बन्धी प्रश्न उठेपछि उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

त्यसपछि सरकारले उनको सम्पत्तिबारे छानबिन गर्न समिति गठन गरेको थियो। उक्त समितिले गुरुङलाई क्लिन चिट दिएको बताइए पनि प्रतिवेदन भने हालसम्म सार्वजनिक गरिएको छैन।

त्यस्तै, महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्। उनले यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

गत फागुन २१ गते सम्पन्न निर्वाचनअघि उनी उक्त पदमा रहेका थिए।

प्रकाशित: २६ जेठ २०८३ १७:३३ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast