काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। शपथग्रहण आज दिउँसो ३ बजे हुने प्रधानमन्त्रीको सचिवालयले हिमालप्रेसलाई जानकारी दिएको छ।
गुरुङले आफ्नो सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते राजीनामा दिएका थिए। त्यसपछि गठित छानबिन समितिले उनको सम्पत्तिमा कुनै कैफियत नदेखिएको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि उनलाई पुनः गृहमन्त्री बनाउने तयारी भएको हो।
यस्तै, स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बनाइने भएको छ। उनको पनि आजै शपथग्रहण हुने कार्यक्रम रहेको छ।
आजको मन्त्रिपरिषद् बैठकले सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।
प्रकाशित: २६ जेठ २०८३ १२:३५ | Tuesday, June 9, 2026
प्रतिक्रिया




