अवैधरूपमा भन्सार छली ल्याइएका बोइलर कुखुरा, कपडा र दैनिक उपभोग्य सामान बरामद

हिमाल प्रेस २६ जेठ २०८३ ११:५५ | Tuesday, June 9, 2026
12
SHARES
अवैधरूपमा भन्सार छली ल्याइएका बोइलर कुखुरा, कपडा र दैनिक उपभोग्य सामान बरामद

रूपन्देही- जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली ल्याइएका बोइलर कुखुरा, कपडा र दैनिक उपभोग्य सामान बरामद गरेको छ ।

प्रहरी टोलीले सोमबार जिल्लाका विभिन्न स्थानमा चेक गर्ने क्रममा अवैध रूपमा भन्सार छली गरेको करिब चार लाख १० हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाएको निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए ।

प्रहरीले रोहिणी गाउँपालिका–६ विष्णुपुरा, कोटहीमाई गाउँपालिका–३, मर्यादपुरबाट गरी रु एक लाख ८३ हजार बराबरको बोइलर कुखुरा बरामद गरी आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया पठाइएको उनले बताए ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट रु दुई लाख २६ हजार ४६० बराबरको साडी, ‘लेडिज सुट टप्स’, ‘लेगिज’, बेल्ट, बम्ब चकलेट, चियापत्ती, चकलेट, थानको कच्चा कपडा, ‘लेडिज स्याण्डल’सहित बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, बेलहिया पठाइएको जनाइएको छ ।

प्रकाशित: २६ जेठ २०८३ ११:५५ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast