दशकौँदेखि थाँती रहेका समस्यालाई एउटै बजेटले समाधान गर्न सक्दैन : अर्थमन्त्री

हिमाल प्रेस २५ जेठ २०८३ १८:३८ | Monday, June 8, 2026
14
SHARES
दशकौँदेखि थाँती रहेका समस्यालाई एउटै बजेटले समाधान गर्न सक्दैन : अर्थमन्त्री अर्थमन्त्री डा. स्वर्णीम वाग्ले

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले स्रोत, समय र अपेक्षाको चापका बीचमा आएको बजेटबाट अर्थतन्त्रमा ठूलो सुधार गर्ने अपेक्षा गरिएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौँमा आयोजना गरेको बजेट छलफलमा अर्थमन्त्री वाग्लेले दशकौंदेखि थाँती रहेका समस्याहरु एउटै बजेटले पूर्ण रुपमा समाधान गर्न नसके पनि अर्थतन्त्रमा ठूलो सुधार गर्ने अपेक्षा गरिएको बताए।

उनले धेरै करको दायरा संरचनाहरु हेरफेर गरिएको भन्दै समग्र करहरुको बोझ घटाउने गरी आवश्यक कदम चालिएको धारणा राखे। मन्त्री वाग्लेले निश्चित समयलाई आन्तरिक उत्पादनलाई संरक्षण गर्नका लागि केही क्षेत्रमा कर लगाइएको बताए।

आन्तरिक उत्पादनलाई संरक्षण गर्नु सरकारको दायित्व भएकाले केही सुधारात्मक नीतिगत व्यवस्था गरिएको समेत उनले बताए। मन्त्री वाग्लेले सुशासनको जगमा बनेको सरकारले इमानदारीपूर्वक काम गर्न खाजेको धारणा समेत राखे। यसपटक २६० अर्ब जतिको विदेशी ऋण र ४१० अर्बको स्वदेशी ऋण भने पनि त्यसको ठूलो अंश पुरानो ऋण तिर्नमा नै जाने उनको भनाइ छ। उनले समग्र आकारकै कुरामा असाध्यै संयमित र अनुशासित भएर ठूलो जिम्मेवारीबोधका साथ बजेट बनाइएको धारणा राखे।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले दशकौंदेखि अर्थतन्त्र संरक्षण, अनौपचारिकता र प्रशासनिक झन्झटको चक्रमा अल्झिएको अवस्थालाई बजेटले चिर्ने काम गरेको बताए। बजेटले परम्परागत खर्च बाँडफाँटभन्दा माथि उठेर संरचनागत र कानुनी सुधारको महत्वाकांक्षा देखाएको उनले बताए।

त्यस्तै श्रेष्ठले पुराना, परस्पर बाझिने र व्यवसायलाई निरुत्साहित गर्ने कानुनको सुधारका लागि सरकारले गरेको प्रयास निकै सकारात्मक रहेको समेत उल्लेख गरे।

प्रकाशित: २५ जेठ २०८३ १८:३८ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast