विद्यालय कर्मचारीको आन्दोलनबारे छलफल, सरकारलाई ध्यानाकर्षण

हिमाल प्रेस २५ जेठ २०८३ १७:५८ | Monday, June 8, 2026
142
SHARES
विद्यालय कर्मचारीको आन्दोलनबारे छलफल, सरकारलाई ध्यानाकर्षण

कञ्चनपुर- नेपाल विद्यालय कर्मचारी परिषद, जिल्ला कञ्चनपुरले विद्यालय कर्मचारीका मागहरू बजेटमा समेटिनुपर्ने माग गर्दै सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराएको छ।

परिषदले जिल्लाका तथा नगर अध्यक्षहरूको उपस्थितिमा नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमा विद्यालय कर्मचारीका विषयहरू सम्बोधन नगरिएको भन्दै असन्तुष्टि जनाएको छ। सोही विषयलाई लिएर केन्द्रद्वारा घोषित आन्दोलनलाई पूर्ण रूपमा सहयोग गर्ने निर्णय समेत गरिएको छ।

संघीय सरकारको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीका मागहरू समेटिनुपर्ने माग गर्दै आवश्यक पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

उक्त निर्णयअनुसार क्षेत्र नं. ३ का जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। पत्रमार्फत सम्बन्धित मन्त्रालयसँग समन्वय गरी माग सम्बोधनका लागि पहल गर्न अनुरोध गरिएको छ।

परिषद्ले विद्यालय कर्मचारीका मुद्दालाई गम्भीर रूपमा लिएर समाधान नगरे आन्दोलन थप सशक्त बनाइने चेतावनी समेत दिएको छ।

प्रकाशित: २५ जेठ २०८३ १७:५८ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast