काठमाडौँ- विश्वकप फुटबल नजिकिँदै गर्दा सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको टेलिभिजन ब्रान्ड सेन्सेइले ‘सेन्सेइमा विश्वकप हेरौँला’ उपहार योजना सार्वजनिक गरेको छ।
नेपाली उपभोक्तालाई विश्वकपको रोमाञ्चक अनुभव आफ्नै घरबाट स्टेडियमकै अनुभूति दिलाउने उद्देश्इले कम्पनीले यो योजना ल्याएको हो।
यस योजनाअन्तर्गत ग्राहकहरूका लागि आकर्षक उपहार, वारेन्टी तथा सहज ईएमआई सुविधा समावेश गरिएको छ।
सेन्सेइ टीभी खरिद गर्ने ग्राहकहरुले लक्की ड्रमार्फत निःशुल्क एसी जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ। त्यस्तै ग्राहकहरूले टीभी खरिदमा २३ हजार ४ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्न सक्ेनछन्।
सेन्सेइले यस अभियानमा कुल चार वर्षको सर्भिस वारेन्टी उपलब्ध गराएको कम्पनीको भनाइ छ। त्यस्तै ग्राहकहरूको पहुँचलाई थप सहज बनाउन नागरिकता मात्रको आधारमा सरल ईएमआई सुविधा उपलब्ध गराइएको छ।
सेन्सेइ स्मार्ट टीभीहरू फोरके अल्ट्रा एचडी डिस्पले, डल्की अडियो तथा वेबओएस स्मार्ट प्लेटफर्म जस्ता प्रविधियुक्त रहेको कम्पनीले जनाएको छ।




