भरतमणि ढुंगानाको ‘आमा’ खण्डकाव्य लोकार्पण

हिमाल प्रेस २१ जेठ २०८३ १५:०१ | Thursday, June 4, 2026
14
SHARES
भरतमणि ढुंगानाको ‘आमा’ खण्डकाव्य लोकार्पण

काठमाडौँ- कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीले आफू साहित्य, संगीत, कला र संस्कृतिप्रति सधैँ सकारात्मक रहेको बताएका छन्। तरेली साहित्य प्रतिष्ठानका आजीवन सदस्य भरतमणि ढुंगानाको आमा खण्डकाव्यको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि कार्कीले सो विचार व्यक्त गरेका हुन्।

साहित्यिक गतिविधिको प्रवर्द्धनका लागि तरेली साहित्य प्रतिष्ठानलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नगरपालिकामार्फत साहित्य, धर्म र संस्कृतिका क्षेत्रमा यथाशक्य बजेट विनियोजन गर्ने बताए।

प्रतिष्ठानको एक सय ३५औं शृङ्खलाअन्तर्गत ढुंगानाको दोस्रो कृति लोकार्पण गरिएको हो।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कवीर शर्मा, पत्रकार तथा अधिकारकर्मी प्राध्यापक पुरुषोत्तम दाहाल, कवि कलानिधि दाहाल, गोविन्द घिमिरे वेदमणि, कृतिका भूमिका लेखक ज्ञाननिष्ठ ज्ञवाली तथा कृष्णप्रसाद नेपाललगायतले कवि र कृतिबारे आफ्ना धारणा राखे।

प्रतिष्ठानका सचिव कान्छा तिवारीले सञ्चालन गरेको कार्यक्रममा सुरभि साहित्य प्रतिष्ठानका बाजुराम पौडेल, सागरमणि ढकाललगायतले कृतिभित्रका रचना वाचन गरे भने विष्णु तिवारीले हास्यव्यंग्य प्रस्तुति दिए।

कवि ढुंगानाले अब आफ्नो आगामी कृति पितालाई केन्द्रमा राखेर लेख्ने योजना रहेको जानकारी दिए। उनको मन्तव्यपछि प्रतिष्ठानका सभापति श्रेष्ठले कार्यक्रम समापन गरे। तरेली साहित्य प्रतिष्ठानले हालसम्म नौवटा कृति र तीनवटा स्मारिका प्रकाशन गरिसकेको जनाएको छ।

प्रकाशित: २१ जेठ २०८३ १५:०१ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast