बंगलादेशसँगको खेलमा घाइते भएकी डिफेन्डर विमला विकको शल्यक्रिया गर्नुपर्ने

हिमाल प्रेस २१ जेठ २०८३ ७:१२ | Thursday, June 4, 2026
6
SHARES
बंगलादेशसँगको खेलमा घाइते भएकी डिफेन्डर विमला विकको शल्यक्रिया गर्नुपर्ने

काठमाडौँ- साफ महिला च्याम्पियनसिपमा बंगलादेशविरुद्ध घाइते भएकी डिफेन्डर विमला विकलाई शल्यक्रिया आवश्यक गर्नु पर्ने भएको छ ।

खेल सक्ने वित्तिकै उनलाई गोवाको भिक्टोर अस्पताल लगिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता तथा नेपाली टिमका फ्रमुख सुरेश शाहका अनुसार त्यहाँको चिकित्सकले शल्यक्रिया आवश्यकता रहेको बताएको हो ।

शल्यत्रिया भने बिहीबार मात्र हुनेछ । तर यसका लागि एसियाली फुटबल महासंघ (एएफसी) का चिकित्सकसँग थप छलफल गरिनेछ । भिक्टोर अस्पतालका चिकित्सका अनुसार विमलाको नाकको एउटा हड्डी र नली भाँच्चिएको छ ।

प्रकाशित: २१ जेठ २०८३ ७:१२ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast